४१७ सैनिकमा कोरोना संक्रमण

नेपाली सेनाका ४१७ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म मुलुकका विभिन्‍न स्थानमा खटिएका सेनाका ४१७ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हालसम्म ११८ जना डिस्चार्ज भएका छन् । संक्रमितमा कर्णाली प्रदेश र प्रदेश २ का सैनिक बढी छन् ।

उनका अनुसार होल्डिङ सेन्टर, क्‍वारेन्टिन/आइसोलेसन र कारागारको सुरक्षामा खटिएकाहरु बढी संक्रमित पाइएका छन् । सेनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको शव व्यवस्थापनको महत्त्वपूर्ण कामसमेत गर्दै आएको छ ।





  • प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार १३:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया