विश्वभर साढे २ करोडभन्दा बढी कोरोना संक्रमित हुँदा साढे ८ लाखको मृत्यु

विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या साढे दुई करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आइतबार बिहानसम्म संक्रमितको २ करोड ५१ लाख ६२ हजार नाघेको छ । संक्रमितमध्ये १ करोड ७५ लाख ४ हजार २१९ जना अर्थात् ६९ दशमलव ५६ प्रतिशत संक्रमण मुक्त भएका छन् । 

 

यस्तै एकै दिन थप ५ हजार २७९ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ४६ हजार ६४२ पुगेको छ । उत्तर अमेरिकी मुलुकमा संक्रमितको संख्या ७२ लाख ७० हजार ४१८ पुगेको छ  भने २ लाख ६९ हजार ७४७ जनाको मृत्यु भएको छ ।  उत्तर अमेरिकी मुलुकमा ४१ लाख ८० हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।

 

यस्तै एसियाली मुलुकहरूमा ६८ लाख ८९ हजार ११० जना संक्रमित भएकोमा ५४ लाख ९८ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् । ससमग्र एसियामा १ लाख ३९ हजार ६३५ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकी मुलुकहरूमा  ६१ लाख ९८ हजार ४२६ जना संक्रमित भएकोमा ४७ लाख ६९ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ९९ हजार ९३६ जनाको मृत्यु भएको छ ।

 



युरोपियन मुलुकमा ३५ लाख ३३ हजार २१७ जना संक्रमित भएकोमा २० लाख ५८ हजार ७२५ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपभर २ लाख ७ हजार १९७ जनाको मृत्यु भएको छ । 

 



अफ्रिकी मुलुकहरूमा  १२ लाख ४१ हजार ९१२ संक्रमितमध्ये ९ लाख ७२ हजार ९०८ जना संक्रमणमुक्त भएका छन् भने २९ हजार ४७२ जनाको ज्यान गएको छ । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकमा  २८ हजार ३८५ जना संक्रमित भएकोमा २२ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् । यहाँ मृत्यु हुनेको संख्या ६४० जना पुगेका छन् ।
 

  • प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार १३:४५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया