देशभर थपिए १ हजार २२१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १ हजार २२१ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता जागेश्वर गौतमले ३४७ जना महिला र  ८७१ जना पुरुष गरी देशभर १ हजार २२१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । 

हाल देशभर सक्रीय संक्रमितको संख्या १७, ५१८ जसमध्ये  संथागत आइसोलेसनमा १०, ६१२ रहेका  छन् भने   होम आइसोलेसनमा ६,९०६ जना रहेको प्रवक्ता  गौतमले जानकारी दिएका छन् । 

प्रवक्ता गौतमका अनुसार २४ घण्टामा गरिएको पीसीआरको संख्या १२,७१७ रहेको छ । २४ घण्टामा आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या २७६ छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २०, ८२२   रहेकाे छ । 

२४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ । देशभरमा विभिन्न अस्पतालको आइसीयूमा १४४ जना भेन्टिलेटरमा १७ जना संक्रमित उपचाररत रहेको प्रवक्ता गौतमले जानकारी दिए । 

 





  • प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार १६:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया