अक्सफोर्डको कोरोनाभाइरस भ्याक्सिनः डिसेम्बरमै उपलब्ध गराउने तयारी

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा बनिरहेको कोरोनाभाइरस भ्याक्सिनबारे बेलायतले एउटा खुसीको समाचार दिएको छ । बेलायती सरकारका अनुसार यो भ्याक्सिन अब ६ सातामा अर्थात् ४२ दिनमा तयार हुनसक्ने सम्भावना बढेको छ ।

सरकारले यसका लागि बेलायती कानुनमा परिवर्तन ल्याउने पनि तयारी गरेको छ । वैज्ञानिकहरुले यो भ्याक्सिनको सफलता हुनेमा विश्वास पनि व्यक्त गरेका छन् ।

बेलायती मिडिया एक्सप्रेसकोयुकेमा छापिएको एक रिपोर्टअनुसार बेलायती अधिकारीले अहिले यो भ्याक्सिन निर्माणको अन्तिम चरणमा पुगेको बताएका छन् । सबै कुरा ठिक भएमा यो भ्याक्सिन ६ सातामा तयार हुने पनि उनीहरुले बताएका छन् ।

अनि यो भ्याक्सिन केही महिनामा नै पूर्णरुपमा उत्पादन गर्ने र यसलाई प्रयोग गरेर २०२१ देखि नै जनजीवन सामान्य बनाउने तयारी भएको पनि बताइएको छ । कतिसम्म भने यो भ्याक्सिन डिसेम्बरमा क्रिसमसअघि नै मानिसहरुमा पुर्याउने लक्ष्य लिइएको पनि बताइएको छ ।





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार ०:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया