चीन र भारतका सेनाबीच पूर्वी लद्दाखमा पुन: झडप

चीनको पिपल्स लिबरेसन आर्मी (पीएलए) र भारतका सैनिकबीच पूर्वी लद्दाखमा पुन: झडप भएको भरतीय अधिकारीहरुले बताएका छन् । भारतीय सेनाको बयानका आधारमा सोमबार जारी विज्ञप्तिमा यस पटकको आक्रमण चीनका तर्फबाट भएको हो ।

चीनले लद्दाख सीमामा भएको सहमति उल्लंघन गरेको आरोप भारतीय सैनिकको छ । भारतीय सैनिकका तर्फबाट प्रत्याक्रमण मात्रै भएको अधिकारीहरुले बताएका छन् ।

भारतीय सेनाका ब्रिगेड कमान्डरस्तरबाट जारी विज्ञप्तिमा ‘भरत दुई देशबीच संवादकै माध्यमबाट शान्ति स्थापना गर्न चाहन्छ’ भनिएको छ । विज्ञप्तिमा भारतीय सेना आफ्नो भूमि रक्षा गर्न पनि सक्षम रहेको बताइएको छ । 

चीनका तर्फबाट यस सम्बन्धका कुनै पनि आधिकारिक धारणा आएको छैन । 

भारत र चीन बीच ३ हजार ५ सय किमि सीमा जोडिएको छ । सीमा विवादकै कारण सन् १९६२ मा भरत र चीनबीच युद्ध भएको थियो ।





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १३:३४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया