पुजारी हत्या आरोपमा दुई जना पक्राउ
प्रतीकात्मक तस्बिर

गत भदौ ३ गते रौतहटमा भएको पुजारी हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरेको हो । 
विहार प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहट ल्याइएको प्रहरीले जनाएको छ । 

यो प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नुरुल्लाह सहित अन्य केही मान्छे फरार रहेको प्रहरीले जनाएको छ । राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।





  • प्रकाशित मिति : भदौ १५, २०७७ साेमबार १७:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया