यी ५ जिल्ला, जहाँ कोरोना संक्रमित छैनन्

देशभर ७२ जिल्लामा कोरोना भाइरसले उग्र रुप लिइरहेका वेला नेपालकै केही जिल्ला भने कोरोनामुक्त छन् । जसअनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला शून्य संक्रमित भएका जिल्ला बनेका छन् । 

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि कोरोना लगेकाहरु निको भएर घर फर्केपछि ५ जिल्ला संक्रमणमुक्त बनेका हुन् ।

यी जिल्लामध्ये मुस्ताङमा हालसम्म १ जनालाई मात्रै संक्रमण भएको थियो । अन्य कोरोनामुक्त बनेका जिल्लामा पनि थोरै मात्रामा संक्रमित भेटिएका थिए । 

जसअनुसार मुगुमा १३, सोलुखुम्बुमा ११, डोल्पामा ६ र हुम्लामा ५ जनालाई यसअघि कोरोना संक्रमण भएको थियो । अहिले ती सबै संक्रमणमुक्त भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : भदौ १६, २०७७ मंगलबार १९:४१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया