कसरी होला महासंघको आगामी साधारणसभा ? मोडालिटी तयार गर्न बनेको समितिका सदस्य नै पक्ष–विपक्षमा

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को साधारणसभाको मोडालिटी तय गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाउने बताइएको छ ।
कोरोना संक्रमणका कारण उत्पन्न  परिस्थितिले  पटकपटक स्थगित भएको साधारणसभा गर्न आवश्यक मोडालिटी तयार पार्न बनाएको कार्यसमितिले दुईथरि प्रतिवेदन तयार पारेको महासंघका एक सदस्यले बताए ।

महासंघको आगामी वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान समूहका तीन÷तीन जना सहभागी समितिले आफ्नो उम्मेद्वारलाई सहज हुने गरी सुझाव दिएको उनले बताए  ।

ढकाल समूहले निर्वाचन काठमाडौंमै गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको उनको ती सदस्यले फरकधारलाई बताए । जिल्ला नगरका अधिकांश सदस्यले काठमाडौंमा नै चुनाव गर्नुपर्ने सुझावका आधारमा पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ । अहिले पनि काठमाडौंमा सबै जिल्ला नगरका सदस्य आउन सक्ने परिस्थिति रहेको र चुनाव स्थलमा १०\१० जना प्रवेश केही समयमा भोटिङ गर्न सकिने गरी प्रस्ताव तयार पारेको बताइएको छ ।

निषेधाज्ञा थपिँदै जाने र काठमाडौंमा गर्न नसक्ने अवस्था  आएका मात्र प्रदेशमा जिल्ला नगरको निर्वाचन गर्ने गरी ढकाल समूहले प्रस्ताव तयार गरेको स्रोतले बतायो । 
ढकाल पक्षले चुनावका लागि तेस्रो विकल्पका रुपमा  अनलाइन भोटिङलाई राखेको उनको भनाइ छ । 

कोरोना संक्रमण बढ्दो क्रममा रहेको र काठमाडौंमा निषेधाज्ञा समेत रहेको भन्दै प्रधान पक्षले भने जिल्ला नगरको निर्वाचन प्रदेशमै गर्नुपर्ने सुझाव दिएको ती सदस्यले बताए । 

प्रदेशमा निर्वाचन गर्दा भीडभाड कम हुने र संक्रमणको जोखिम समेत कम हुने प्रधान पक्षको भनाइ छ । प्रधान पक्षले काठमाडौंलाई दोस्रो विकल्पका रुपमा राखेको छ भने अनलाइन भोटिङलाई स्वीकार गरेको छैन ।



साधारणसभा र निर्वाचनको मोडालिटी तय गर्न बनेको समितिमा भरत आचार्य, डिबी बस्नेत, विनोद ढकाल, रञ्जित आचार्य, अरुण सुमार्गी र सुनील गोपाल श्रेष्ठ सदस्य थिए।



  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार १४:८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया