चाडपर्वमा वितरण गरिने नयाँ नोटमा कडाइ गर्दै राष्ट्र बैंक


विगतमा विभिन्न कार्यालयबाट भिडभाडका साथ नयाँ नोट बाँड्ने गरेको नेपाल राष्ट्र बैङ्कले यसपटक नयाँ नोट वितरणलाई साँघुरो बनाउने भएको छ ।
नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले विषम परिस्थितिमा विगतमा जस्तो तामझाम साथ नयाँ नोट वितरण गर्ने अवस्था नरहेको भन्दै यस विषयमा असोजभरमा आवश्यक निर्णय लिइने बताए ।


यसपालि दशैँ केही समय पछि रहेकाले अहिले नै निर्णय लिने अवस्था नभएको भन्दै उनले कोरोना कस्तो अवस्थामा पुग्छ त्यसै अनुसार निर्णय गरिने बताए । 
नेपाल राष्ट्र बैङ्कका अनुसार एक सय, पचास, पाँच सय र एक हजार रुपैयाँका नयाँ नोट आइसकेका छन् । आगामी असोज १५ सम्म पाँच, दस र बीसका नोट आउने प्रक्रियामा रहेको जनाइएको छ । 


दशैँसम्म हजार रुपैयाँको समेत गरी ५० अर्ब रुपैयाँ बराबरका नयाँ नोट आइसक्ने उनले जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार १६:४२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया