कामदारमा कोरोना देखिएपछि रसुवागढी भन्सार बन्द
फाइल फोटो

रसुवागढी भन्सार नाकामा सामान लोड गर्ने मजदुरलाई कोरोना देखिएपछि बुधबारदेखि नाका बन्द भएको छ । कामदारलाई कोरोना पोजेटिभ देखिएपछि नाका बन्द गरिएको रसुवा भन्सार कार्यालयले जनाएको छ । बन्दाबन्दीका कारण लामो समय बन्द रहेको नाका केही दिन अघिमात्र सञ्चालनमा आएको थियो । 

एक मजदुरमा संक्रमण देखिएपछि अन्य मजदुरको पनि स्वाब लिएर क्वारेन्टिनमा राखिएको कार्यालयको भनाइ छ । कामदारलाई कसरी संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

भन्सारमा कार्यरत सवारी चालक र अन्य कामदारको स्वाब परीक्षण गरेर छिट्टै नै सामान ल्याइने कार्यालयले जनाएको छ ।  भदौ २५ गतेदेखि दैनिक ८ चिनियाँ कन्टेनर सामान भित्रिने सहमति भए पनि हाल मजदुरमा कोरोना देखिएपछि सबै काम ठप्प भएको छ । 
 





  • प्रकाशित मिति : भदौ १८, २०७७ बिहीबार १५:५२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया