रातो मासु मुटु रोगीका लागि घातक

अस्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अस्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो । 

प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्त्वहरुको वृद्धि गर्ने गरेको अध्ययनले देखाएको बताइएको छ । त्यस्ता तत्त्वहरुले मुटुसँगै नशासम्बन्धी र सुगर रोगसम्बन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निष्कर्ष छ । 

अध्ययन टोलीका अनुसन्धानकर्ता डा. पेर्माल डेओले भने, ‘रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीहरुलाई हानी पुर्याउने देखिएको छ ।’





  • प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार १८:११:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया