तनहुँको व्यास नगरपालिकामा सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति

तनहुँको व्यास नगरपालिकामा सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिइएको छ । भदौ २१ गते आइतबारदेखि नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न नगरपालिकाले अनुमति दिएको हो ।

सार्वजनिक यातायात सञ्चालन भए पनि कोरोना भाइरसको अन्त्य नभएकाले थप सतर्कता अपनाउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।

नगरपालिकाले बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएके छ । यातायात सञ्चालन गर्दा क्षमताअनुसार मात्र यात्रुहरुलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्न र तोकिएको भाडादरभन्दा बढी नलिन निर्देशन दिइएको छ । 

नगरपालिकाले गृह मन्त्रालय र छिमेकी पालिकाहरुले तोकेको विषयहरुमा सोहीबमोजिम बन्दाबन्दी हुने गरी नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो । 

यसअघि नगरपालिकाले पहिलोपटक भदौ १ गतेदेखि ७ गतेसम्म र दोस्रोपटक भदौ ८ गतेदेखि १२ गतेसम्म व्यापार, व्यवसाय, यातायातका साधन र भेला सम्मेलन बन्द गर्ने निर्णय गरेको थियो । 

भदौ १३ गतेदेखि व्यापार व्यवसाय स्वास्थ्य मापदण्डलाई पालना गर्दै सञ्चालन गर्ने गरी बन्दाबन्दी खोलिएको र सार्वजनिक यातायातका साधन सञ्चालन भदौ २० गतेसम्म बन्द गर्ने निर्णय भएको थियो । 





  • प्रकाशित मिति : भदौ २०, २०७७ शनिबार १९:३९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया