नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बिमाको भुक्तानीसम्बन्धी बिमा समितिको मापदण्ड सच्याउन आग्रह गरेका छन् ।
निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने गरी बिमा समितिले मापदण्ड बनाएको छ । उक्त मापदण्ड सच्याउन उनले आग्रह गरेका हुन् । बिमा समितिले शुक्रबार नयाँ मापदण्ड सार्वजनिक गर्दै सरकारी अस्पतालमा गरिएको परीक्षणका आधारमा मात्रै कोरोना बिमा दाबी र भुक्तानी गर्न पाइने बताएको थियो ।
सरकारको अनुमति पाएरै परीक्षण गर्दै आएका निजी प्रयोगशालाको रिपार्ट मान्य नहुने भन्नु गलत भएको गोल्छाले जनाएका छन् । बिमा समितिको यो मापदण्डले सर्वसाधारणले सास्ती पाउने र बिमा प्रतिको विश्वास पनि घट्ने उनको धारणा छ ।
सामाजिक सञ्जाल ट्विटरमा मापदण्डको विरोध गर्दै उनले भनेका छन्, ‘निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बिमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बिमा प्रतिको विश्वसनीयता पनि घट्छ । कम्पनी, समिति र सरकार मिलेर यस समस्याको तुरुन्त समाधान खोजियोस् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।