सिपिएल सेमिफाइनलमा जमैका र नाइटराइडर्स भिड्दै

नेपाली युवा क्रिकेट सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेवियन प्रिमियर लिगको फाइनल प्रवेशका लागि ट्रिन्बागो नाइटराइडर्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार आज बेलुका पौने आठ बजे ब्रेन लारा क्रिकेट मैदानमा हुनेछ ।

पछिल्लो समय खराब लयबाट गुज्रिरहेको जमैकालाई उत्कृष्ट लयमा रहेको नाइटराइडर्सलाई पराजित गर्न सहज हुनेछैन । 

स्पिनर द्वय मुजिब उर रहमान र सन्दीप लामिछानेले लगातार उत्कृष्ट प्रदर्शन गरे तापनि ब्याटिङ चल्न नसक्दा जमैकाले पराजय बेहोर्दै आएको छ ।

मुजिबले १० खेलबाट १५ विकेट हात पार्दा सन्दीपले सामान खेलबाट १२ विकेट हात पारेका छन् ।

जमैकाका लागि ग्लेन फिलिप्स, जरमाइनी ब्ल्याकउड तथा आन्द्रे रसेल बाहेक अन्य ब्याट्म्यानले राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् ।

समूह चरणमा ३ जित ६ हार बेहोरेको जमैका १ खेलमा अंक बाड्दै ७ अंकको साथमा चौथो स्थानमा थियो ।



यता लगातार ११ औं जित निकाल्दै फाइनल प्रवेश गर्ने दाउमा रहेको नाइटराइडर्सले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । उसले बलिङ तथा ब्याटिङ दुवैमा सन्तुलित प्रदर्शन गरिहेको छ ।

नाइटराइडर्सका लागि ब्याटिङमा लेन्डी सिमोन्स, कप्तान काइरन पोलार्ड, कोलिन मुनरो तथा डारेन ब्राभाले उत्कृष्ट प्रदर्शन गर्दा, बलिङमा अकिल हुसेन, सिकन्दर राजा, जेडन सेल्स तथा फवाद अहमेदले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।



समूह चरणमा शतप्रतिशत जित निकालेको नाइटराइडर्स १० खेलबाट २० अंकको साथमा शीर्ष स्थानमा थियो  ।  

यी दुई बीचको विजेताले उपाधिका लागि गुयाना अमेजन वारियर्स र सेन्ट लुसिया जुक्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

  • प्रकाशित मिति : भदौ २३, २०७७ मंगलबार ११:३३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया