भरतपुर अस्पतालको आइसीयूमा उपचाररत संक्रमितको मृत्यु
फाइल फोटो

नवलपुरका कोरोना स‌ंक्रमितको चितवनमा मृत्य भएको छ । नवलपुर जिल्ला, देवचुली नगरपालिका-१ बस्ने ६४ वर्षीय पुरुष  चितवनको भरतपुर अस्पतालको कोभिड आइसीयूमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार बिरामीको मिर्गौला फेल भइ डायलिसिस गराइरहेका थिए । भदौ १७ गते कोरोना संक्रमको पुष्टि भएका उनमा खोकी र श्वासप्रश्वाशमा समस्या देखिएपछि १९ गते भरतपुर अस्पतालमा ल्याइ आइसीयूमा भर्ना गरिएको थियो । उनको मंगलबार साँझ ५:३० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार ९:५३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया