केन्द्रीय कारागार अस्पताल प्रमुखमा डा. तिवारी र सुशील कोइराला क्यान्सर अस्पतालको निर्देशकमा डा. आचार्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टमा डा. राजन पाण्डेलाई नियुक्त गरेपछि यसअघि त्यहाँ कार्यरत डा श्रीराम तिवारीलाई केन्द्रीय कारागार अस्पतालको प्रमुखको जिम्मेवारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले भरतपुर अस्पतालका डा. तिवारीलाई केन्द्रीय कारागार अस्पतालको प्रमुखको जिम्मेवारी दिएका हुन् ।  

मन्त्रालयका अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निर्देशकको डा. कृष्णप्रसाद आचार्यलाई नियुक्त गरिएको छ । 

डा. आचार्य यसअघि भेरी अस्पताल बाँकेका एनेस्थेसियोलोजिष्टका रुपमा कार्यरत थिए ।





  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १६:२९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया