तीन मुलुकका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

संसदीय समितिले विभिन्न तीन मुलुकका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

सरकारको सिफरिसमा जर्मनका लागि प्रस्तावित राजदूत रामकाजी खड्का, बेल्जियमका साथै युरोपियन युनियनका लागि प्रस्तावित राजदूत गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि प्रस्तावित राजदूत तापस अधिकारीको नाम बिहीबार संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो । 

अनुमोदनअघि तीनैजना प्रस्तावित राजदूतले आफ्नो योग्यता, जिम्मेवारी, अवधारणा कार्ययोजनाबारे संसदीय समितिमा प्रस्तुति दिएका थिए । 

प्रस्तावित राजदूतहरूले अबको कूटनीति आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने भएकाले आफूहरू पनि सोहीअनुसार भूमिका निर्वाह गर्न लागि पर्ने बताएका थिए । 

उनीहरुले कोरोना संक्रमणपछिको अवस्थालाई मध्यनजर गरी भूमिका निर्वाह गर्ने बताएका थिए । 

तीनजनामध्ये राजभण्डारीविरुद्ध मात्रै उजुरी परेको थियो । सांसदहरूले मुलुकलाई केन्द्रमा राखेर भूमिका निर्वाह गर्नका लागि प्रस्तावित राजदूतलाई सुझाब दिएका थिए ।



अब उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।



  • प्रकाशित मिति : भदौ २५, २०७७ बिहीबार १७:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया