सीपीएलको उपाधि ट्रिन्बागो नाइट राइडर्सलाई

आठौं संस्करणको क्यारेवियन प्रिमियर लिग (सीपीएल) उपाधि ट्रिन्बागो नाइट राइडर्सले हात पारेको छ । प्रतियोगिताका सबै खेलमा जित हात पार्दै ट्रिन्बागोले उपाधि जितेको हो ।

गएराति भएको फाइलनमा नाइट राइडर्सले सेन्ट लुसिया जुक्समाथि ८ विकेटको सहज जित हात पार्‍यो।

ब्रेन लारा स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जुक्सले १९.१ ओभर गर्दै सबै विकेट गुमाएर १५४ रनको सामान्य योगफल तयार पारेको थियो ।
१५५ रनको लक्ष्य ट्रिन्बागोले १८.१ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्‍यो । नाइट राइडर्सका लागि लिन्डल सिमोन्सले ८४ र र डारेन ब्राभोले ५८ रन बनाए।।

४९ बलको सामना गरेका सिमोन्सले ८ चौका तथा ४ छक्काको मदतमा ८४ रन प्रहार गर्दा ४७ बलको सामना गरेका ब्राभोले २ चौका तथा ६ छक्काको मदतमा ५८ रन प्रहार गरे ।
जुक्सका लागि रोस्टन चेस तथा स्कट कुग्गेलिन्जले समान १ विकेट हात पारे ।

पहिला ब्याटिङ गरेको जुक्सका लागि आन्द्रे फ्लेटचरले सर्वाधिक ३९ रनको योगदान दिँदा मार्क डियाल २९ तथा नजिबउल्लाह जाद्रनले २४ रनको योगदान दिए।

नाइटराइडर्सका लागि कप्तान काइरन पोलार्डले ४, अली खान र फवाद अहमेदले सामन २ तथा अकिल होसेनले १ विकेट हात पार्दा १ विकेट रन आउटको रुपमा प्राप्त भयो



नाइटराइडर्सको यो चौथो लिग उपाधि हो । यसअघि उसले सन् २०१५, २०१७ तथा २०१८ को सिपीएल उपाधि हात पारेको थियो ।

 



  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार ६:१६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया