एमसिसीबारे लिलामणी पोख्रेलकाे ‘नोट अफ डिसेन्ट’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको १५ बुँदे प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको हो । 

ती प्रस्तावहरुमा स्थायी समितिका सदस्यहरुले आ–आफ्ना धारणा राखेका थिए । यही प्रस्तावमा नेताले ‘नोट अफ डिसेण्ट’ लेखेका छन् । स्थायी समितिका सदस्य लिलामणि पोखरेलले प्रस्तावको एउटा बुँदामा ‘नोट अफ डिसेण्ट’ लेखेका हुन् । 

नेता पोखरेलले अध्यक्षद्वय ओली र प्रचण्डको प्रस्तावको १५ औं बुँदामा रहेको एमसीसीबारेको प्रस्तावमा लिखित असहमति जनाएका छन् । अध्यक्षद्वयले एमसीसी परियोजना देश हितमा संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने प्रस्ताव गरेका छन् । तर नेता पोखरेलले भने त्यसको विरोध गरे । बैठकमा नेता पोखरेलले भने, ‘एमसीसी आफैंमा विभिन्न उद्देश्यले आएको हो । मूल सम्झौता संशोधन हुँदैन भनेर अमेरिकी पक्षले भनिसक्यो । मूल सम्झौतामै संशोधन हुँदैन भने कसरी हित अनुकूल संशोधन हुन्छ त ?’ 

एमसीसी आईपीएस (इन्डो प्यासिफिक स्ट्राट्रेजी) को अंग रहेको दाबी गर्दै आएका पोखरेलले बैठकमा पनि त्यही कुरामा उभिएका थिए । तर यसअघि एमसीसीको विरोधमा रहेकाहरु भने बैठकमा मौन देखिए । एमसीसी नेपालको संविधान कानुन, सरकार, संसद, अदालतको मान्यताको बिपरित रहेको र संविधानभन्दा माथि रहने सम्झौताका कुराहरू रहेको भन्दै उनले असहमति जनाएको बताए । 





  • प्रकाशित मिति : भदौ २६, २०७७ शुक्रबार २०:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया