अब कंगनाविरुद्ध पनि सुरु भयो ड्रगबारे अनुसन्धान

केही दिनयता बलिउड अभिनेत्री कंगना रनौट चर्चामा छिन् । उनी चर्चामा आउन थाल्नुको पछाडि चाहिँ अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण पनि जोडिएको छ ।

उनको अफिसमा महाराष्ट्र सरकारका समर्थकहरुले तोडफोड गरेपछि उनी झन् बढी चर्चामा आएकी छिन् । 

यतिमात्र होइन, उनले पछिल्लो समय भारतमा बलिउड कलाकारहरुको लागुऔषधसँग सम्बन्ध रहेको भन्दै यसको जाँच गर्नु पर्ने माग पनि गरेकी थिइन् । 

तर, अब भारतीय प्रहरीले उनको पनि अनुसन्धान तथा छानबिन गर्ने भएको छ । महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले कंगनाले पनि ड्रग्स लिने गरेको दाबी गरेपछि प्रहरीले उनीमाथि पनि अनुसन्धान गर्ने भएको हो ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार १४:३४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया