स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
थपिएकामध्ये इलामका १, उदयपुरका १, ओखलढुंगाका १, झापाका १, मारेङका ५८, सुनसरीका १४, धनुषाका १, पर्साका १०, बाराका १५, महोत्तरीका ८, रौतहटका ४, सप्तरीका १०, सर्लाहीका ८३, सिराहाका ७, काठमाडौँका ३ सय ७७, काभ्रेपलान्चोक २, चितवनका ९२, दोलखाका १, भक्तपुरका १७, मकवानपुरका १०७, रामेछापका ७, ललितपुरका ३७ र सिन्धुपाल्चोकका १ जना छन् ।
मन्त्रालयका अनुसार सिन्धुलीका १, कास्कीका ३५, गोरखाका ६, तनहुँका १, नवलपरासीपूर्वका ५१, लकजुङका १, बागलुङका ३, स्याङ्जाका ७, अर्घाखाँचीका ३, कपिलवस्तुका २२, दाङका २४, नवलपरासीका ३, पाल्पाका ९, प्यूठानका १, बर्दियाका १८, बाँकेका ३२, रुकुम पूर्वका २, रुपन्देहीका ८१, रोल्पाका ८, दैलेखका ४, सुर्खेतका १८, कञ्चनपुरका ८, कैलालीका ४, डडेल्धुराका २ र डोटीका १ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै देशभर १४ जनाको कोरोनाबाट मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ३६ पुगेको छ ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ । मन्त्रालयका अनुसार शनिबार मात्रै ८५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ। ६ हजार ३ सय ५४ जना क्वारेन्टिनमा रहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।