खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा मीना श्रेष्ठ नियुक्त

खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा मीना श्रेष्ठ नियुक्त भएकी छिन् । उनी इतिहासमै विभागको पहिलो महिला महानिर्देशक हुन् । 

पाँच दशकअघि स्थापना भएको यस विभागमा यसअघि पुरुष मात्र महानिर्देशक थिए । २०५३ सालदेखि सरकारी सेवामा कार्यरत श्रेष्ठ यसअघि विभागको उप महानिर्देशक थिइन् । 

विभागका महानिर्देशक सुनीलकुमार दास खानेपानी मन्त्रालय सरुवा भएसँगै विभागको महानिर्देशकमा श्रेष्ठ नियुक्त भएकी हुन् ।

नेपालभित्र खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो ।





  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार १८:५०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया