लिभरपुरको कठिन जित, सलाहको ह्याट्रिक

इङ्लिस प्रिमियर लिगको साविक विजेता लिभरलपुलले यस सिजनको पहिलो खेलमा सुखद् सुरुवात गरेको छ ।   गएराति भएको खेलमा यसै सिजन शीर्ष लिगमा उक्लिएको लिड्स युनाइटेडमाथि ४–३ को रोमाञ्चक जित हात पारेको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन महम्मद सलाहले ह्याट्रिक गर्दा एक गोल भर्गिल भान डाइकले गरे । पाहुना टोलीका लागि ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ट, म्याटयुज क्लिचले एक-एक गोल गरे ।

खेलको चौथो मिनेटमा नै सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । लिड्सका डिफेन्डर रोबिन कोचले डिबक्सभित्र ह्यान्ड गरेपछि लिभलपुलले पेनाल्टीको अवसर पाएको थियो ।

१२औं मिनेटमा लिड्सले बराबरी गोल फर्कायो । केल्भिन फिलिप्सको पासलाई सदुपयोग गर्दै ह्यारिसनले गोल गरे।

२०औं मिनेटमा भान डाइकको गोलको मदतमा लिभरपुरलले पुनः अग्रता बनायो । उनले एन्ड्रयु रोबर्टसनको कर्नर क्रसलाई हेड मार्फत उत्कृष्ट गोल गरेका थिए ।



३०औं मिनेटमा बामफोर्टको गोल मार्फत लिड्स खेलमा फर्कियो । भान डाइकले डिबक्स भित्रको बललाई क्लियर गर्न नसकेपछि पाएको अवसरमा बामफोर्टले गरे।

सलाहले ३३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । उनले सादियो मानेको फ्रिकिकमा रिबाउण्ड आएको बललाई गोलमा परिणत गरेका थिए ।



६६औं मिनेटमा लिड्सले बराबरी गोल फर्कायो ।हेल्डर कोस्टाको पासलाई सदुपयोग गर्दै क्लिचले गोल गरे ।

८८औं मिनेटमा सलाहले पोनाल्टीमार्फत अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने टोलीको जित पनि पक्का गरे । लिड्सका रोड्रिगो मोरेनोले डिबक्स भित्र फाबिन्होलाई लाडाएपछि लिभरपुलले पेनाल्टकिो अवसर पाएको थियो ।

त्यस्तै गएराति नै भएका अन्य खेलमा क्रिस्टल प्यालेसले साउथह्यामटनलाई १–० तथा न्युक्यास्टल युनाइटेडले वेस्टहमलाई २–० ले पराजति गरे ।

  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार ७:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया