सिन्धुपाल्चोकको नागपुजे र भीरखर्कमा पहिरो, १५ जना बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित नागपुजेमा गएको पहिरो । तस्बिर : बजिरसिंह भण्डारीकाे फेसबुकबाट

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित नागपुजेमा बाढीसँगै आएको पहिरोले १५ जना वेपत्ता भएका छन् । बाढी पहिरोमा परी ७ घर पूर्ण रुपमा क्षति भएको स्थानीय शिक्षक बजिरसिंह भण्डारीले जानकारी दिएका छन्।

त्यसैगरी सिन्धुपाल्चोक कै भीरखर्कमा कम्तिमा १० घर पुरिएको खबर छ । त्यहाँको विवरण क्षतिको विवरण आइसकेको छैन ।

नागपुजेका स्थानीयका अनुसार आइतबार बिहान करिब पौने चार बजे पहिरो आएको हो । पहिरोले सिंगो बस्ती नै पुरेको स्थानीयले बताएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सोही क्षेत्रका प्रतिनिधि सभा सांसद रहेका सभामुख अग्नी प्रसाद सापकोटा घटनास्थलतर्फ गएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् । पहिरो गएको खबर पाउनेवित्तकै सभामुख सापकोटो स्थलमार्गबाट घटनास्थलतर्फ प्रस्थान गरेको प्रेस सल्लाहकार न्यौपानेको भनाइ छ ।

 





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार ८:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया