सिन्धुपाल्चोक पहिरो अपडेट : २ शव भेटियो, २२ जना भन्दा बढी बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङस्थित नागपुजेमा गएको पहिरो । तस्बिर : बजिरसिंह भण्डारीकाे फेसबुकबाट

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजे र भीरखर्कमा गएको पहिरोमा २२ जना भन्दा बढी बेपत्ता भएका छन् । सिन्धुपाल्चोक प्रहरीले दिएको जानकारी अनुसार नागपुजेमा ६३ वर्षीया  भक्ति माया श्रेष्ठ र भीरखर्कको पहिरोमा परेकी जुनु श्रेष्ठको शव भेटिएको छ।

दुवै ठाउँमा गरी पहिरोले  १८ घर बगाएको  बगाएको स्थानीय प्रशासन र प्रहरीले जानकारी दिएका छन् । बेपत्ताहरूको खोजी भइरहेको प्रशासनले जनाएको छ।





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १०:१५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया