इङ्गल्यान्ड–अस्ट्रेलिया दोस्रो एकदिवसीय खेल आज

घरेलु टोली इङ्गल्यान्ड–अस्ट्रेलियाबीच जारी ३ खेलको सिरिज अन्तर्गत दोस्रो एकदिवसीय खेल आइतबार म्यानचेस्टस्थित इमिरेट्स वल्ड ट्राफफोर्ट मैदानमा नेपाली समय अनुसार साँझ पौने ६ बजे हुनेछ । 

पहिलो खेलमा १९ रनको जित हात पारेको पाहुना टोली अस्ट्रेलिया आजको खेलमा जित हात पार्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ भने घरेलु टोली इङ्गल्यान्ड पनि आजको खेलमा जित हात पार्दै सिरिज बराबरी गर्ने दाउमा हुनेछ ।

इयन मोर्गानको कप्तानीमा मैदानमा उत्रिने इङ्गल्यान्डका लागि अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका साम विलिंग्स, जोनी बेरिस्टो, जोफ्रा आर्चर तथा मार्क उड मुख्य खेलाडीका रूपमा रहनेछन् ।

त्यस्तै आरोन फिंचको कप्तानीमा मैदानमा उत्रिने अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल, मिचेल मार्स, एडम जाप्पा तथा जोस हेजलउड मुख्य खेलाडीका रूपमा रहनेछन् ।





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १२:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया