ला लिगामा आज चार खेल

स्पेनिस ला लिगा फुटबलमा आइतबार राति विभिन्‍न चार खेल हुँदै छन् । नयाँ सिजन दोस्रो दिन आज चार खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा आलाभेसले रियल बेटिससँग प्रतिस्पर्धा गर्दै छ । दुई टोली बीचको खेल नेपाली समयअनुसार साँझ ५:४५ मा सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्दै नयाँ सिजनको सुखद सुरुवात गर्ने योजनामा छन् । आलाभेस गत सिजन १५ औँ स्थानमा रहँदै सिजनको अन्त्य गरेको थियो । यो सिजन भने आलाभेस उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । उता १४ स्थानमा रहेर सिजनको अन्त्य गरेको रियल बेटिस पनि पहिलो खेलमा जित निकाल्दै सिजनमा उत्कृष्ट सुरुवात गर्ने योजनामा छ । 

आइतबारै हुने अर्को खेलमा रियल भालाडोलिडले रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दै छ । भालाडोलिडको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति ९:४५ मा सुरु हुनेछ । आजको खेलमा सोसिडाड उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने योजनमा छ । गत सिजन सोसिडाड तालिकाको छैटौं स्थानमा रहेको थियो । 

यस्तै भिया रियलले हुयस्कासँग प्रतिस्पर्धा गर्दा भ्यालेन्सियाले घरेलु मैदानमा लेभान्तेसँग भिड्नेछ । 





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १३:४४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया