एनआईसी एशियाको ‘लोन अगेन्स्ट सेयर’ योजना

एनआईसी एशिया बैंकले सेयर धितोमा राखेर प्रवाह गरिने कर्जा योजना ‘लोन अगेन्स्ट सेयर’ सार्वजनिक गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका सञ्चालित बैंकले ग्राहक केन्द्रित आकर्षक कर्जा योजना ल्याउने क्रममा नयाँ योजना ल्याएको जनाएको छ । 
आम ग्राहकको आवश्यकता, बजार तथा समयको मागलाई पहिचान गरी नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशतमा सेयर कर्जा योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।

यो योजनामा ग्राहकहरुले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीको साधारण सेयर धितो राखी १२० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । 

योजनाअन्तर्गत न्यूनतम १ करोड रूपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्म कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । यसअन्तर्गत रू. ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको छ ।

सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चात् को ४८ घण्टाभित्र नै कर्जा दिने निर्णय दिने व्यवस्था गरेको छ । सेयर कर्जासम्बन्धी जानकारी एलओएएन टाइप  गरी ३४४८८ एसएमएस वा बैंकको निःशुल्क नम्बर १६६०–०१–७७७७१ मा फोन गरी प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
 ग्राहकको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।

बैंकको देशभर ३२६ शाखा, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ शाखा रहित बैंकिङ मार्फत वित्तीय सेवा प्रदान गर्र्दै आएको छ । 





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १३:३८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया