कमल खत्रीको ‘पानी पिउने’ मा रियाशाको अब्बल अभिनय

गायक कमल खत्रीको ‘पानी पिउने’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार भिडियोसहित सो गीत कमल खत्रीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

सुमन योञ्जनले लेखेको यो गीतको भिडियोमा रियाशा दाहाल, दीपक घिमिरे, विशाल रेग्मी मुख्य भूमिकामा फिचर्ड छन् । गाउँले परिवेशमा खिचिएको यो गीतमा दुई युवक गाउँ घुम्न जाँदा धारामा पानी भरिरहेकी एक युवती देखेर मोहित हुन्छन् । गीतमा ती युवाहरुले युवतीलाई फकाउन गरेको प्रयत्नलाई देखाइएको छ । 

गीतमा स्वर र संगीत कमल खत्रीको रहेको छ । भिडियोमा कमल खत्रीको पनि अभिनय रहेको छ । त्यसैगरी, नितिन चन्दले निर्देशन गरेको सो गीतको भिडियोमा विशाल महराको कोरियोग्राफी रहेको छ ।

 





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १४:१९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया