सांसद् विमला पौड्याल राईलाई अर्थ राज्यमन्त्री बनाउने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधान भएसँगै प्रधानमन्त्री ओलीले सरकार पुनर्गठनको तयारी गरेका हुन् । 

सरकार पुनर्गठनको तयारी अन्तर्गत सांसद डा.विमला पौड्याल राईलाई प्रधानमन्त्री ओलीले अर्थ राज्यमन्त्री बनाउने तयारी गरेका छन् । निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएसँगै अर्थमन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा सांसद पौडेललाई राज्यमन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘सांसद विमला पौड्याल राईलाई अर्थ राज्यमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी रहेको छ । मन्त्रिपरिषद् पुनर्गठन हुँदा उहाँलाई राज्यमन्त्री बनाउने गरी तयारी गरिएको हो ।’

प्रधानमन्त्रीको आर्थिक मामिला सल्लाहकार नियुक्त हुन लागेका निवर्तमान अर्थमन्त्री डा. खतिवडाले नै मन्त्रालयका कामहरू संयोजन गर्ने गरी पौड्याललाई राज्यमन्त्री बनाउने तयारीमा बालुवाटार रहेको स्रोतको भनाइ छ ।

राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभाका तीनमध्येकी एक सांसद हुन् डा. पौड्याल । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा राष्ट्रिय योजना आयोगको सदस्य बनाइएकी पौड्याल राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएलगत्तै राष्ट्रपतिकी विज्ञ सल्लाहकार समेत नियुक्त भएकी थिइन् ।





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १८:२०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया