मन्त्रिपरिषद बैठक जारी, विद्युत प्राधिकरणको सिइओ र राष्ट्रिय सभाबारे अन्योल

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार साँझ साढे ६ बजेपछि बैठक सुरु भएको हो ।

यो मन्त्रिपरिषदको नियमित बैठक हो । जारी बैठकबाट सरकारले के निर्णय गर्छ भन्नेमा धेरैको चासो छ । अहिले प्रमुख चासोका विषय दुईवटा छन् । ती हुन्, विद्युत प्राधिकरणको सिइओ नियुक्त र राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नियुक्तका लागि राष्ट्रपतिसमक्ष गरिने प्रस्ताव ।

यसअघि नेकपाको स्थायी समिति बैठकले रिक्त राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । 

त्यसैगरी, ऊर्जामन्त्री वर्षमान पुनले यसअघि प्राधिकरणको सिइओका लागि आगामी मन्त्रिपरिषदमा घिसिङको पुनर्नियुक्तको प्रस्ताव लैजाने बताएका थिए । 

यी दुवै विषय आजको मन्त्रिपरिषदको नियमित एजेन्डामा भने छैनन् । यद्यपि, ठाडो प्रस्तावका रुपमा पनि निर्णय हुन सक्ने बताइएको छ । 
 





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार १९:१५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया