वामदेवलाई राष्ट्रिय सभामा नियुक्त गर्न सिफारिस
फाइल फोटो

काठमाडौं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई रिक्त राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक जना सांसदको पद गत फागुन २० गतेदेखि खाली छ। डा.युवराज खतिवडाको समय सकिएपछि रिक्त भएको उक्त स्थानमा कसैलाई सिफारिस गरिएको थिएन ।

यसैगरी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउन देखि बन्द भएका आन्तरिक उडान र लामो दूरीका यातायातका साधन असोज ५ गतेदेखि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि लामो दूरीका सार्वजनिक सवारी साधान र आन्तरिक हवाइ उडान सुरु गर्ने निर्णय गरेको एक मन्त्रीले फरकधारलाई जानकारी दिए ।
‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात असोज ५ गतेदेखि सुरू गर्ने निर्णय भएको छ । यसको मापदण्ड कस्तो हुने भन्ने छलफल हुन्छ । अहिलेलाई खुलाउने भन्ने निर्णय भएको छ ती मन्त्रीले भने ।





  • प्रकाशित मिति : भदौ २९, २०७७ साेमबार २१:४१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया