ब्राइटनमाथि चेल्सीको सहज जित

चेल्सीले इङ्गलिस प्रिमियर लिगको नयाँ सिजन जितका साथ सुरु गरेको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनमाथि ३–१ को सहज जित हात पारेको हो ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन कप्तान जर्गिन्हो, रिस जेम्स तथा कुर्ट जुमाले समान एक गोल गर्दा घरेलु टोलीकालागि लियान्द्रो ट्रोसार्डले एक गोल फर्काए । 

२३ औं मिनेटमा जर्गिन्होको पेनाल्टी गोल मार्फत चेल्सीले अग्रता लिएको थियो । ब्राइटनका गोलरक्षक म्याथु रायनले टिमो वर्नरलाई डिबक्स भित्र लाडाएपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो ।

५४ औं मिनेटमा ट्रोसार्डले ब्राइटनकालागि बराबरी गोल फर्काए । उनले टारिक लाम्पाटेको पासलाई सदुपयोग गरेका थिए । 

५६ औं मिनेटमा जेम्सको गोल मार्फत चेल्सीले खेलमा पुन ःअग्रता बनायो ।  उनले जर्गिन्होको पासलाई सदुपयोग गरेका थिए । ६६ औं मिनेटमा जेम्सको पासलाई गोलमा परिणत गर्दै जुमाले चेल्सीलाई ३–१ को अग्रता दिलाए ।

त्यसपछि कुनै पनि टिमबाट गोल हुन नसकेपछि चेल्सीले नयाँ सिजनमा सुखद सुरुवात गरेको हो । लण्डन क्लब चेल्सीले आजको खेलमा दुइ नयाँ खेलाडी टिमो वर्नर र काइ हार्भाटेजलाई डेब्यु गराएको थियो । 



गएराति नै भएको अर्को खेलमा वुल्भ्सले सेफिल्ड युनाइटेडमाथि २–० को जित निकाल्यो । 



  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार ९:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया