असोज १ गतेबाट शिक्षा क्षेत्रबाहेक अन्य क्षेत्र क्रमशः खुला

सरकारले असोज १ गतेबाट शिक्षा क्षेत्रबाहेक अन्य लगभग सबै क्षेत्र खुला गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले होटेल रेस्टुरेन्ट र आन्तरिक हवाई उडान दुवै सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै बताए । हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात असोज ५ गतेबाट खुल्ने भएको छ । 

आन्तरिक हवाई उडानमा विमानमा सिट क्षमताको आधा यात्रु राख्नुपर्नेछ भने मास्क र फेस भाइजरलगायत स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्नेछ । रेस्टुरेन्टमा पनि अनिवार्य स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्नेछ ।  

लामो दूरीका यातायातमा ५० प्रतिशत बढी भाडा लाग्ने 

सरकारले लामो दूरीका यातायात असोज ५ गतेबाट सञ्चालनमा ल्याउने भएको छ । प्रवक्ता ज्ञावलीका अनुसार व्यवसायीले पहिलाको भाडादरमा ५० प्रतिशत थप गरेर भाडा लिन पाउने निर्णय भएको छ । 

चैत्र ११ गते सरकारले लकडाउन गरेयता लामो दूरीका सवारी सञ्चालनमा आएको छैन । यसअघि सरकारले छोटो दूरीका सवारीलाई भने जोर–विजोरका आधारमा चलाउन दिने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : भदौ ३०, २०७७ मंगलबार १९:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया