सिन्धुपाल्चोकमा भूकम्पले पहिरोको जोखिम बढायो, सेना–प्रहरीलाई हाइ अलर्टमा रहन आग्रह
केही दिनअघि सिन्धुपाल्चाेकमा गएकाे पहिराे । तस्वीर: फरकधार

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू बनाएर गएको बुधबार विहानको ६ रेक्टर स्केलको भूकम्पका कारण अब सिन्धुपाल्चोकमा थप क्षति हुनसक्ने अनुमान गरिएको छ । 

केही दिन यता सिन्धुपाल्चोकमा ठूला पहिरो गएका छन् । 

योसँगै सिन्धुपाल्चोकका सिडिओ उमेश कुमार ढकालले जिल्लाका सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन पनि दिएका छन् । 

बुधबार विहान महसुस गरिएको भूकम्प काठमाडौं उपत्यका र अन्य छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो । 

तर, यो भूकम्पका कारण अहिलेसम्म कुनै क्षति भएको विवरण आइसकेको छैन ।





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार ६:२२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया