खडक नगरपालिका ३ सप्तरीका ३५ वर्षीय एक पुरुषको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ ।
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका यी पुरुषको आज विहान ६ बजे निधन भएको हो । उनी मिर्गौलासँग सम्बन्धित रोगबाट पनि पीडित थिए ।
एक वर्षयता मिर्गौलासँग सम्बन्धित रोगको उपचार गर्दै आएका उनको स्वास्थ्य जटिल भएपछि ३० गते धरान लगिएको थियो । २८ भदौमा उनमा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।