पाँच अंकले बढेको बजारमा पौने २ अर्बको कारोबार

बुधबार सेयर बजार नेप्से परिसूचक ५ दशमलव ३६ अंकले बढेकोे छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक १५४१ दशमलव ४० अंकमा पुगेर बन्द भएको छ ।

सामान्य अंकले सुधारिएको सेयर बजारमा आज ६३ लाख ९० हजार कित्ता सेयर खरिद बिक्री भएको छ भने १ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ ।

अधिकांश परिसूचकमा सुधार आएको बुधबार बैंक समूह भने ४ दशमलव ५८ अंकले घटेको छ । होटल र जीवन बीमा समूह सबैभन्दा बढी बढेको छ। होटल समूह सबैभन्दा बढी १४२, जीवन बीमा ७२, जलविद्युत ५४ अंकले सुधार भएको छ ।

परिसूचक सामान्य अंकले सुधार आएको दिन आज सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । बुधवार लगानीकर्ता होटल र जलविद्युत कम्पनीहरुको सेयरका आकर्षित भएका छन् ।

कोरोना भाइरस संक्रमण बढेसँगै नेपाल सरकारले गरेको निषेधाज्ञा खुकुलो  गर्ने र होटल व्यवसाय पनि संचालनमा आउने भएकाले लगानीकर्ताहरु त्यसतर्फ  आकर्षित भएको विश्लेषकको भनाइ छ । 

त्यस्तै, जलविद्युत् कम्पनीहरुको सेयर मूल्य लामो समयदेखि अण्डरभ्यालुमा आएकाले मूल्य बढेको बताइएको छ । केही दिनदेखि जलविद्युत कम्पनीहरुको सेयर मूल्य बढ्दै गएको र कतिपय कम्पनीहरुले विद्युत विक्री गरी लाभांश समेत दिन सक्ने अवस्थामा पुगिसकेका छन् ।




बुधवार चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । घलेम्दी हाइडोपावर कम्पनी, बरुण हाइडोपावर, सिनर्जी पावर डेभलपमेन्ट र एनआरएन लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

साथै, रिलायन्स लाइफ इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रो, छ्याङदी हाइडोपावर, सोल्टी होटलको सेयर मूल्य साढे ९ प्रतिशत माथि बढेको छ। सेयर मूल्य घट्नेमा सबैभन्दा बढी म्युचुअल फण्डका सेयर रहेका छन् । नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ९ करोड ६१ लाखको सेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४६ लाख ७७ हजारको सेयर कारोबार भएको छ ।  



  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १७:३९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया