फुटबलर परियार भारतीय क्लबमा आबद्ध

नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो । 

उनले सामाजिक सञ्जालमार्फत आफू भारतको अहमदाबादबाट खेल्न लागेको जानकारी गराएका हुन् । आई लिगका लागि परियार बिहीबार भारत जाने भएका छन् । 

परियार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीबाट उत्पादित खेलाडी हुन् । उनले गत वर्षको ‘ए’ डिभिजन लिग न्युरोड टिम (एनआरटी)बाट खेलेका थिए । 

गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्णपदक जित्दा परियार टोलीको महत्वपूर्ण सदस्य रहेका थिए । अघिल्लो महिना नेपालका अर्का खेलाडी अभिषेक रिजाल पनि भारतीय क्लबमा आबद्ध भएका थिए । 





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार १७:४९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया