घट्यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्यास यथावत्

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर १ रुपैयाँ घटाएको छ । 

यो सँगै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान ९० रुपैयाँ कायम भएको छ । 

निगमका अनुसार पेट्रोल, हवाई ईन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै छ ।

सरकारले बिहीबारदेखि लामो दूरीको सवारीसाधन चलाउने अनुमति दिएको छ । पछिल्लो मूल्य निर्धारणले व्यवसायीलाई केही राहत मिल्ने भएको छ । 





  • प्रकाशित मिति : भदौ ३१, २०७७ बुधबार २०:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया