एकदिवसीय सिरिज अष्ट्रेलियाको पोल्टामा

इङ्ल्याण्ड र अष्ट्रेलिया बीचको ३ खेलको एकदिवसीय सिरिज अन्तर्गत तेस्रो खेलमा पाहुना टोली अष्ट्रेलिया विजयी भएको छ। अष्ट्रेलियाले घरेलु टोली इङ्ल्याण्डमाथि ३ विकेटको जित हात पारेको हो।  

गएराति म्यानचेस्टरस्थित इमिरेट् वल्ड ट्राफोर्ट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३०२ रनको योगफल तयार पारेको थियो।

३०३ रनको लक्ष्य अष्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। अष्ट्रेलियका लागि ग्लेन म्याक्सवेल तथा एलेक्स केरीले शतकीय पारी खेल्दा डेविड वार्नरले २४ रनको योगदान दिए।

९० बलको सामना गरेका म्याक्सवेलले ४ चौका र ७ छक्काको मदतमा १०८ तथा ११४ बलको सामना गरेका केरीले ७ चौका र २ छक्काको मदतमा १०६ रन प्रहार गरे।  

इङ्ल्याण्डका लागि जो रुट र क्रिस वोक्सले समान २ तथा आदिल राशिद र जोफ्रा आर्चरले समान १-१ विकेट हात पार्दा १ विकेट रन आउटको रुपमा प्राप्त भयो।
पहिले ब्याटि- गरेको इङ्ल्याण्डका लागि जोनी बेरिस्टोले शतक प्रहार गर्दा तथा साम विलिंग्स र क्रिस वोक्सले अर्धसतकीय पारी खेले।



१२६ बलको सामना गरेका बेरिस्टोले १२ चौका र २ छक्काको मदतमा ११२, ५८ बलको सामना गरेका विलिंग्सले ४ चौका र २ छक्काको मदतमा ५७ तथा ३९ बलको सामना गरेका वोक्सले ६ चौक्काको मदतमा ५३ रन प्रहार गरे।

अष्ट्रेलियाका लागि एडम जाम्पा र मिचेल स्र्टाकले समान ३-३ तथा प्याट कमिंसले १ विकेट हात पारे।  
जितपछि अष्ट्रेलियाले  सिरिज २-१ ले आफ्नो पक्षमा पारेहेका हो। पहिलो खेलमा १२ रनको जित हात पारेको अष्ट्रेलियाले दोस्रो खेल २४ रनले हार व्यहोरेको थियो।



अष्ट्रेलियाले ५ वर्षपछि इङ्ल्याण्डमा एकदिवसिय सिरिजमाथि कब्जा जमाएको हो। सन् २०१५ मा ५ खेलको सिरिज ३-२ ले जिते यता इङ्ल्याण्डमा भएका २ सिरिजमा अष्ट्रेलियाले दुवै सिरिज गुमाएको थियो।

  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार ६:३४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया