ललितको सफल शल्यक्रिया

मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका क्रिकेटर ललित भण्डारीको ग्रान्डी अस्पतालमा शल्यक्रिया सम्पन्न भएको छ । 

आइतबार साँझ धनगढीबाट महेन्द्रनगर जाने क्रममा उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनको हात तथा खुट्टा भाँचिएको थियो । उनको टाउकोमा कुनै गम्भीर चोट नभए तापनि फोक्सोमा रगत जमेकाले सोमबार हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेजबाट थप उपचारका लागि ग्राण्डी अस्पताल ल्याइएको थियो । 

ग्राण्डी अस्पतालका निर्देशक तथा हाड जोर्नी विशेषज्ञ डाक्टर चक्र राज पाण्डेको नेतृत्वमा ललितको हात तथा खुट्टाको शल्यक्रिया गरिएको हो । उनलाई अहिले डाक्टरको प्रत्यक्ष निगरानीमा राखिएको क्रिकेट खेलाडी संघ (सिप्यान) ले बिहीबार एक विज्ञप्ति निकाल्दै जानकारी गराएको छ ।





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १६:१५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया