मानव पुँजी सूचकांकमा नेपाल दक्षिण एसियामा दोस्रो

नेपाल मानव पुँजी सूचकांक (ह्युमन क्यापिटल इन्डेक्स)मा दक्षिण एसियामा दोस्रो स्थानमा रहेको छ । 

विश्व बैंकले प्रकाशित गरेको २०२०को सूचकांकमा नेपालको भ्यालु ५० छ भने भारतको ४९ रहेको छ । सूचकांकमा श्रीलंका एक नम्बरमा छ । यसअघि पनि नेपाल दोस्रो स्थानमै थियो । 

विश्व बैंकले नेपालमा बालबालिकाको शिक्षामा भएको लगानीको प्रतिफल राम्रो देखिएको जनाएको छ । कोरोना महामारीअघिको अवस्थामा नेपालको मानव पुँजी विकासमा राम्रो प्रगति गरेको विशव बैंकले जनाएको छ ।  

नेपालमा राम्रो शिक्षा र स्वास्थ पाएका ५० प्रतिशत बालबालिका उत्पादक हुन्छन् । न्यून आय भएका मुलुकमा यो नेपालको सबैभन्दा राम्रो प्रतिफल हो । दक्षिण एसियाका कुनै पनि देशको तुलनामा पनि राम्रो हो । 

यो तथ्यांक कोरोना महामारीअघिदेखिको भएकाले महामारीपछि भने महिला तथा बालबालिकाको भविष्यमा ठूलो असर पार्न सक्ने बैंकले बताएको छ । यसअघि उच्च विद्यालय प्रवेश दरका कारण यस्तो प्रतिफल आएको बैंकले जनाएको छ । 

मानव पुँजी सूचकांकमा १७४ देशको २०२० मार्च सम्मको शिक्षा र स्वास्थ्यको तथ्यांक सामेल छ । 





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १६:३४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया