[फोटो फिचर] ६ महिनापछि खुल्यो बसपार्क

काठमाडौंको गोगबुस्थित नयाँ बसपार्क बिहीबारबाट खुलेको छ । लामो दूरीका सार्वजनिक यातायातका साधनहरू सञ्चालनमा आउने भएपछि बसपार्कमा सरसफाइ थालिएको छ ।

कोरोना सन्त्रासले चैत ११ गतेबाट लकडाउन भएपछि बन्द भएको बसपार्क सरकारी निर्णयसँगै करिब छ महिनामा असोज १ बाट खुलेको हो । लकडाउन र निषेधाज्ञाका कारण विदेशबाट आएका नेपालीहरू गाउँ पुग्न पाएका छैनन् । यातायात खुल्ने भएपछि बसपार्कमा यात्रुहरुकाे चहलपहल बढेको छ ।

गाउँबाट काठमाडौं आउन पनि अब सहज हुने भएको छ । बसलाई कीटनाशक औषधि छर्कनेदेखि यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यसम्म पुर्‍याउन यातायात व्यवसायी जुटेका छन् । 





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार १९:१०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया