मृत्यु भइसकेपछि कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन कांग्रेसको माग

कोरोना शंकास्पदको मृत्यु भएपछि उसको कोरोना परीक्षण नगर्ने सरकारकोे निर्णय गलत भएको भन्दै नेपाली कांग्रेसले सो निर्णय फिर्ता लिन माग गरेको छ । कांग्रेसले मृत्युपश्चात् मात्रै कोरोना पुष्टि भएका कयौँ विवरण सार्वजनिक भएका भन्दै परीक्षण नरोक्न भनेको हो। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै संवेदनशील विषयमा निर्णय गर्दा हचुवाका भरमा नभई सुझबुझका साथ निर्णय गर्न सरकारलाई आग्रह गरेका छन् । 

शंकास्पद मृत्यु भएका व्यक्तिको पिसिआर परीक्षण गरिनु झनै जरुरी हुने भन्दै विज्ञप्तिमा आफ्नो परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकार भएको बताइएको छ ।

राज्यले नागरिकको आलोचनाबाट जोगिने उपायका रुपमा यस्तो निर्णय गरेको आरोप लगाउँदै कांग्रेसले राज्यले कुनै पनि बहानामा यो दायित्वबाट पन्छिन नमिल्ने बरु कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकासमा योग्यता र सक्षमताको खोजी गर्न सुझाएको छ । 





  • प्रकाशित मिति : असोज १, २०७७ बिहीबार २०:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया