विश्व स्वास्थ्य संगठनले भन्यो– युरोपमा कोरोना संक्रमण ह्वात्तै बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनले युरोपेली मुलुकहरुमा अब कोरोनाभाइरसका कारण थप समस्या हुनसक्ने चेतावनी दिएको छ । अहिलेको अवस्था चिन्तित हुनु पर्ने अवस्था भएको भन्दै स्वास्थ्य संगठनले युरोपले विशेष चासो दिनु पर्ने बताएको छ ।

विश्व स्वास्थ्य संगठनका निर्देशक हान्स क्लुगले पछिल्ला दुई साता युरोपमा देखिएका नयाँ संक्रमितका कारण अब चनाखो हुनु पर्ने बताएका छन् । 

‘हाम्रो अगाडि निकै चिन्ताजनक अवस्था र समय छ,’ उनले भनेका छन् । 

अब विश्वमा कोरोना संक्रमितको संख्या ३० करोड नाघेको छ । ९ लाख ४२ हजारभन्दा धेरै मानिसले यो महामारीका कारण ज्यान गुमाएका छन् । गत वर्ष चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाभाइरस संक्रमण गत साता युरोपमा ३ लाखभन्दा बढीमा देखिएको थियो । यो युरोपमा गत मार्चभन्दा बढी देखिएको संक्रमित संख्या हो ।





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार ५:०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया