फरेस्ट गम्पका लेखक ग्रुमको निधन

विन्स्टन ग्रुमको उपन्यास फरेस्ट गम्प विश्व साहित्यमा मात्र होइन, नेपालमा पुस्तक अध्ययन गर्नेहरुका बीच पनि निकै लोकप्रिय पुस्तक हो । अहिले पनि युवा पुस्ता आफ्ना साथीभाइलाई यो पुस्तक पढ्न सिफारिस गर्छन् ।

यिनै ग्रुमको निधन भएको छ । उनको घर अमेरिकाको अलाबामामा नै निधन भएको हो । उनको परिवारले निधनको पुष्टि गरेको सिएनएनले जनाएको छ ।

उनको बुधबार राति निधन भएको बताइएको छ ।  

सन् १९६५ मा अलाबामा विश्वविद्यालयबाट अध्ययन पूरा गरेका ग्रुमले चार वर्ष अमेरिकी सेनामा पनि काम गरेका थिए । उनी भियतनाम युद्ध लडेका अ‍ेमरिकी सेना हुन् । त्यसपछि उनी वासिङटन स्टार नामको पत्रिकाका लागि रिपोर्टरका रुपमा काम गरेका थिए । 

सन् १९९४ मा फिल्मसमेत बनाइएको फरेस्ट गम्प उपन्यासका रुपमा विश्वमा सबैभन्दा बढी बिक्री भएका पुस्तकमध्ये एक हो । यो पुस्तकको फिल्ममा टम ह्याङ्क्सले अभिनय गरेका छन् । सन् १९९४ मा यही नामको यो फिल्मले ६ वटा एकेडेमी अवार्ड्स पनि जितेको थियो । 





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार ६:९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया