कोरोनाका बेला प्रदर्शन : स्थान उही, सुरक्षा गर्ने प्रहरीको तरिका फरक

काठमाडौं । बिहीबार दिउँसोदेखि समाजिक सञ्चालजमा एक भिडियो निकै चर्चित बनिरहेको छ। भिडियोमा काठमाडौंको सडकमा एक युवकलाई प्रहरीले लछार-पछार पार्दै निर्घात कुटपिट गरेको देखिन्छ।

पछाडी कालो झोला बोकेका ती युवकलाई १०-१५ जना प्रहरीले घेरा हालेका छन्। त्यसमध्ये केहीले उनीमाथि लाठी बर्साइरहन्छन्। सडक पेटीमा पछार्दै प्रहरीहरुले उत्तेजित हुँदै उनीमाथि लाठी र लात्ती प्रहार गरिरहेको भिडियोमा देखिन्छ। हिरो भएको भन्दै प्रहरीले प्रहार गरी रहन्छ। उनलाई प्रहरीले भ्यानमा हालेर लैजान्छ
को हुन कुटाइ खाने व्यक्ति ?
प्रहरीबाट निर्घात कुटाइ खाने व्यक्ति हन्ड्रेड्स ग्रुप नामको अभियानका नेतृत्वकर्ता बब्लु गुप्ता हुन्। उनले काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा सडकमा कपडा बैंक स्थापना गरेका थिए।

कोरोना संक्रमणको त्रासका कारण नेपालमा लकडाउन सुरु भएपछि उनले रत्नपार्कमा मजदुरलाई खाना खुवाउने काम पनि गरिरहेको उनका समर्थकले जानकारी दिएका छन्।
बिहीबार गुप्ता र उनको समूह काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न पुगेको थियो। भर्खरै विद्यतु प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट विदा भएका कुलमान घिसिङलाई पुन सोही पदमा नियुक्ती दिनुपर्ने माग राख्दै प्रदर्शन गर्न पुगेका थिए उनीहरु। ब्यानरसहित प्रदर्शनमा पुगेको गुप्ताको समूहलाई प्रहरीले प्रदर्शनबाट रोक लगाएको थियो।
गुप्तामाथि कुटपिट भिडियो सेयर गर्दै धेरैलाई प्रहरीको त्यो हर्कतविरुद्ध आलोचना भइरहेको छ। ट्विटरमा वीरेन्द्र चन्द नामका व्यक्तिले त्यो भिडियो सेयर गर्दै सार्वजनिक स्थलमा त यसरी कुट्ने प्रहरीले भित्र लगेपछि के गर्ला भन्दै बिहीबार साँझ पोस्ट गरेका थिए।

उनको त्यस ट्विटमा नेपाल प्रहरीको आधिकारिह ट्विटर ह्याण्डलबाट प्रतिक्रिया दिँदै दोषीमाथि कारबाही हुने जनकारी दिँदै रिप्ले गरिएको छ। ‘प्रहरी प्रधान कार्यालयले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ र घटनाको छानबिन हुने व्यहोरा जानकारी गराउन चाहन्छौं। ’ प्रहरीले भनेको छ।

लकडाउनकै समयमा प्रधानमन्त्रीको समर्थनमा उत्रिनेहरुलाई केही नगर्ने प्रहरीले नागरिकमाथि पक्षपातपूर्ण व्यवहार देखाएको आरोप धेरैले लगाएका छन्।



गत आसारमा प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन उनकै पार्टीका नेताहरुले ठूलो दवाव सिर्जना गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओलीनिकट नेकपाका कार्यकर्ताहरुले ओलीलाई पदबाट हटाउन पाइँदैन भन्दै काठमाडौं उपत्यकाका विभिन्न ठाउँका साथै देशका विभिन्न सहरमा पनि प्रदर्शन गरेका थिए।
माइतीघरमा पनि थुप्रै पटक प्रदर्शन भएका थिए। प्रहरीले कुनै धरपकड गरेको थिएनन्।



  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार १०:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया