कोरोना सङ्क्रमितको संख्या ३० करोड ३ लाख

विश्वभरि कोरोना सङ्क्रमितको संख्या ३० करोड  ३ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ५० हजार नाघेको पनि विश्वविद्यालयले जनाएको छ । सङ्क्रमित मध्ये २ करोड २० लाख ४६ हजार ४८८ व्यक्ति कोरोना मुक्त भएका छन् ।

कोरोनाबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६८ लाख  ७४ हजार ५९६ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख २ हजार २१३ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ५२ लाख नाघेको छ । ब्राजिलमा १ लाख ३५ हजार ०३१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८४ हजार ४०४ जनाको मृत्यु भएको छ । रुस १० लाख ८५ हजार २८१ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ लाख ५० हजार ०९८ व्यक्ति सङ्क्रमित छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला सातामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार १५:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया