संसदबाट एमसिसी अनुमोदन हुने परराष्ट्रमन्त्रीको विश्वास

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गरेका छन् ।

प्रेस संगठन नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले एमसिसीका विषयमा उठेका केही प्रश्नको हल गरेर अनुमोदन हुने बताएका हुन् ।

पार्टीले गठन गरेको कार्यदलले परिमार्जनसहित एमसिसी पारित गर्ने सुझाव दिएकाले आवश्यक परे सच्याएर एमसिसी अनुमोदन हुने बताए ।

पार्टीभित्रको विवादले झण्डै फुटको अवस्थामा पुगेको पार्टी अहिले पुरानै एकताको अवस्थामा पुगेको उनले दाबी गरे । ‘अझै पनि अन्तरविरोधहरु छन्, तर तिनलाई महाधिवेशनबाट समाधान गर्नेगरी पार्टी अहिले एक भएको छ,’ उनले भने ।

मन्त्री ज्ञवालीले भारतसँग कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गर्ने बताए । भारतसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै उनले राष्ट्रियताको पक्षमा नेपाल उभिँदा सम्बन्धमा केही समस्या आउने गरेको दाबी गरे ।

कोरोना महामारीका कारण देशको आर्थिक वृद्धि दर निकै खुम्चिने देखिएको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले स्वास्थ्य सतर्कता अपनाउँदै आर्थिक गतिविधि खुला गर्नुको विकल्प नभएको बताए ।



कोरोना नियन्त्रण र अर्थतन्त्र चलायमान बनाउन जनताको साथ र सहकार्य आवश्यक रहेको मन्त्री ज्ञवालीले बताए ।



  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार १७:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया