भारतीय रेलमन्त्रीले भने– हामीले नेपाललाई रेल दियौँ

नेपालमा शुक्रबार धेरै वर्षपछि दुई रेल आइपुगेका छन् । यी रेल नेपाल सरकारले भारतसँग किनेको हो । 

तर, भारतीय रेलमन्त्रीले भने नेपाललाई आफूहरुदे दुई वटा डेमु रेल दिएको बताएका छन् । भारतीय रेलमन्त्री पियुष गोयलले नेपालसँग भारतको प्राचिन तथा साँस्कृतिक तथा सौहार्दपूर्ण सम्बन्ध रहेको र यो नयाँ सम्बन्धमा नयाँ आयाम दिँदै भारतीय रेलवेले नेपाललाई दुई रेल दिएको बताएका हुन् । 

उनले शुक्रबार नै नेपाल आइपुगेको रेलको तस्वीर राख्दै यस्तो ट्विट गरेका छन् ।

हेर्नुस् नेपाली रेल जनकपुर आइपुग्दाकाे खुसी: 

६ वर्षभन्दा अगाडि बन्द रहेको नेपालको एकमात्र रेलवे पुनः सन्चालनमा आएको हो । यसका लागि नेपालले भारतसँग ८४ करोड रुपैयाँमा यी दुई रेल किनेको हो । 

तर, भारतीय रेलमन्त्रीले आफूहरुले दानस्वरुप नेपाललाई रेल दिएको उल्लेख गरेपछि सामाजिक सन्जालमा उनीमाथि नेपाली प्रयोगकर्ताले निकै धेरै प्रश्न गर्न थालेका छन् ।





  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार २२:१८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया